ताजा अपडेट »

सिद्धार्थनगरमा वडा नम्बर १ मा जसपाका पोखरेल, २ मा राप्रपाका श्रीवास्तव विजयी

आइतबार, ०१ जेठ २०७९, ०५ : ५२
6 Shares

भैरहवा । सिद्धार्थनगर नगर पालिकाको स्थानिय तह निर्वाचन अन्र्तगत वडा नम्बर १ र २ को मतगणना सकिएको । निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार सिद्धार्थनगर नगर पालिकामा वडा नम्बर १ मा जनता समाजवादी पार्टीका उज्वल पोखरेल विजयी भएका छन ।

वडा नम्बर १ मा पोखरले ७ सय ५८ मत ल्याएर विजयी भ एभने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका याम बहादुर थापाले ७ सय ३० मत प्राप्त गरे । यसै गरि वडा नम्बर २ मा १ हजार ८ सय ४५ मतमा राष्ट्रिय प्रजातन्त्र पार्टीका छेदीलाल श्रीवास्तव ४ सय ४३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एसका सुशिल कुमार पुनले ४ सय ३६ मत प्राप्त गरेको निवार्चन कार्यालयले जानकारी दिएको छ ।

सिद्धार्थनगर नगर पालिकाको प्रमुख पदका लागी नेपाली कांग्रेसका ईस्तियाक अहमद खाँनले मतान्तर बढाएका छन् । ४ हजार २ सय ४१ मत गणना हुदा खाँनले १ हजार ७ सय ४६ मत प्राप्त गरेका छन भने उनलाई राप्रपाका सागर प्रताप राणाले १ हजार १ सय ४६ मतले पछ्याई रहेका छन् । प्रमुख पदकै लागी नेकपा एमालेले ६ सय ५३ मत र जसपाले ३ सय ८७ मत प्राप्त गरेको छ ।

उप–प्रमुख पदमा राप्रपाकी बिनिता गुप्ताले अग्रता लिएकी छन । गुप्ताले १ हजार ५० मत प्राप्त गर्दा नेकपा माओवादीका तर्फबाट गठबन्धनकी उम्म्ेदवार कमला थापाले ८ सय ९४ मत ल्याउदै अहिले दोश्रो स्थानमा रहेकी छन । यस्तै नेकपा एमालेकी उमा अधिकारीले ८ सय ४९ मत र जसपाकी आश्मा खातुनले ६ सय ४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।