ताजा अपडेट »

लुम्बिनीको गेट खोल्न पहल गर्ने ३ का वडाध्यक्ष उम्मेदवारको प्रतिबद्धता

शनिबार, २४ बैशाख २०७९, २१ : ३३
4 Shares

भैरहवा । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ का जनता समाजवादी पार्टीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका रफिक अहमद खाँ (पूल्लु बाबु) ले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।

शनिबार लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरि उनले घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा उनले अहिले बन्द रहेको लुम्बिनी बिकास कोषको ६ नम्बर गेट खुलाउन पहल गर्ने बताएका छन् । मूल प्रवेशद्वारको रुपमा रहेको ऐतिहासिक ६ नम्बर गेट अहिले पैदल यात्रीको लागी मात्र खुल्ला रहेको बताउदै उनले आफु विजयी भए यसलाई मूख्य प्रवेशद्वारको रुपमा खुल्ला गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै उनले लुम्बिनी विकास कोष भित्र रहेको मुण्डन स्थल, चैत्र रामनवमी पर्व, चैत्र पूर्णिमा मेलाको लागी तोकिएको पुरानो स्थललाई यथावत राखी त्यसको ब्यवस्थापन गर्ने बताए ।

यसका साथै उनले ३ नम्बर वडामा सक्रिय तथा गुणस्तरिय शिक्षा ब्यवस्थापन कार्यक्रम लागु गर्ने, लंकापुर स्वास्थ्य चौकीमा डाक्टरको प्रत्यक्ष निगरानीमा २४ घण्टा स्वास्थ्य सेवा दिने एवम एम्बुलेन्स उपलब्ध गराउने बताएका छन् । अति विपन्न वर्ग र १० कठ्ठा भन्दा कम जग्गा हुनेलाई कैंसर, किडनी फेल, मुटु रोगी, लिभर सम्बन्धि रोगी र प्यारालाईसिसका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्।

वडामा खेलकुदको विकासको लागी स्पोर्ट एकेडमीको स्थापना गरिने र लुम्बिनीको केन्द्र भाग रहेको वडा नम्बर ३ मै नगरपालिकाको भवन बनाउन जोरदार प्रयास गर्ने जनाए । यसका साथै पुल्लुले वडामा कृषि, स्वास्थ्य, खानेपानी, विकास निर्माण लगायत सामाजिक विकासको लागि लागी पर्ने दावी गरेका छन् ।

अब्दुल मोबिनलाई नगर प्रमुख तथा सबनम जहा शेखलाई उप–प्रमुखमा रहेको जनता समाजवादी पार्टीका तर्फबाट वडा नम्बर ३ बाट वडा अध्यक्षमा रफिक अहमद खाँ ९पू्ल्लु बाबु० सहित वडा सदस्यमा अहमद हुसैन, रामलाल यादवm महिला सदस्य शान्ती कुमारी यादव र दलित महिला सदस्यमा उषा कुमारी धोबी चुनावी मैदानमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।