ताजा अपडेट »

लुम्बिनीको राजधानी दाङमा मस्जिद भित्र कुटाकुट, आठ घाइते

शुक्रबार, ०९ बैशाख २०७९, १६ : ५५
6 Shares

दाङ । लमही स्थित रहेको एक मस्जिदमा दुई समूह विच कुटाकुट भएको छ । कुटाकुटबाट आठ जना घाइते भएका छन ।

दुई समुह विच अन्धाधुन्ध आक्रमण हुँदा एकजना गम्भीर घाइते भएका छन् भने सातजना सामान्य घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिए ।

शुक्रबार दिउँसो करिब एक बजे लमहीका स्थानीय मुस्लिम समुदायहरूले सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला त्यही भिडबाट चक्कु र ईटा प्रहार भएको प्रहरी प्रमुख थापाले जानकारी दिए ।

घाइते मध्ये एकजनाको टाउको गम्भीर चाेट लागेको छ । चक्कु र ईटा र प्रहारबाट लमही नगरपालिका वडा नम्बर ५ निवासी ६४ वर्षिय गुठे कुरेसि, साेहि वडा निवासी ३३ वर्षिय अरसद अलि, सवविर अलि, ५२ वर्षिय माेहम्मद कासिम, २९ वर्षिय सकिल अलि, ६५ वर्षिय दिल माेहम्मद मिया, २५ वर्षिय कमाल अलि, ४२ वर्षिय माेहम्मद याकदिन अलि घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेहरू मध्ये चारजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चारजनाको जानकी मेडिकलमा उपचार भइरहेको छ ।

लमहीमा रहेको मुस्लिम विद्यालयको विद्यालय ब्यवस्थापन समितिको बिषयलाई लिएर दुई समूह विच झडप भएको बुझिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।