ताजा अपडेट »

पोखरीमा डुबेर बालकको मृत्यु

सोमबार, २८ चैत्र २०७८, २१ : ४१
2 Shares

काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको सोमबार ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवका ८ वर्षीय छोरा देवराज यादव रहेका छन् ।

मामाघर राजगढ आएको बेला मामाघरदेखि १५ मिटर उत्तरपट्टी रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।