ताजा अपडेट »

नवलपरासीमा अनेमसंघले एकल बुहारीलाई सम्मान गर्ने

बुधबार, २३ फागुन २०८०, ०८ : २५
96 Shares

नवलपरासी । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ, पूर्वी नवलपरासीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर एकल बुहारीहरुलाई सम्मान गर्ने भएको छ । वृद्व अशक्त तथा अपाङ्गता भएका  सासू/ससुराहरुलाई स्याहार/सुसार, पालनपोषण एवम् सहयोग गर्दै आएका एकल बुहारीहरुलाई सम्मान गर्ने तयारी रहेको अनेम संघ, पूर्वी नवलपरासीकी अध्यक्ष दया दर्लामीले बताइन् ।

अनेम संघको जिल्ला सचिवालयको मंगलवार सुनवलको भूमहीमा रहेको सहिद विष्णु पाण्डेय स्मृति प्रतिष्ठानमा बसेको बैठकले सो निर्णय गरेको अध्यक्ष दर्लामीले बताइन् । जिल्लामा रहेका सातवटै पालिकाका करिव पचास जना एकल महिलाहरुलाई फागुन २४ गते सम्मान गरिने उनले जानकारी दिइन् । उनका अनुसार घरघरमा पुगेर वृद्धा सासू÷ससुरालाई हर्लिक्स, अण्डा, फलफूल उपहार समेत प्रदान गरिने छ । यो कार्यक्रमले अनेम संघलाई जनताको घरद‌ैलोसम्म पुराउने, पार्टी र जनताको सम्बन्ध प्रगाढ बनाउँदै लैजाने र अनेम संघको गतिशीलता बढ्द‌ै जाने अध्यक्ष दर्लामीको तर्क छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।