ताजा अपडेट »

चुनावी तालमेलका लागि सत्ता गठबन्धनको बैठक बस्दै

विहीबार, १७ चैत्र २०७८, ०७ : २४
6 Shares

काठमाण्डौं । सत्तासीन नेपाली कांग्रेसले आसन्न स्थानीय तहकाे निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै आज सत्ता गठबन्धनकाे बैठक बस्दैछ ।

गठबन्धनका दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी यसअघि नै स्थानीय तहकाे चुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा रहेका बेला कांग्रेसले पनि साेही अनुरुपकाे निर्णय गरेपछि अब तालमेलकाे माेडालिटी लगाइन लागिएकाे हाे । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्न लागेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन तय भएकाे छ ।  

कांग्रेस नेता  प्रकाशमान सिंहले बुधबार काठमाडाैंमा आयाेजित कार्यक्रममा तालमेलका लागि माेडालिटी तय हुने बताएका थिए । तालमेल गर्न नहुने बताइरहेका कांग्रेस नेताहरुप्रति इंगित गर्दै उनले विशेष परिस्थितिमा गठबन्धन बनेकाले निरन्तरता हुने बताएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने निर्णय गर्ने बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।