ताजा अपडेट »

बुटवलमा लागुऔषधसहित २ जना युवा पक्राउ

विहीबार, १० चैत्र २०७८, १४ : १९
8 Shares

बुटवल । बुटवलमा लागुऔषधसहित २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ मुस्कान पथका २४ वर्षीय युद्धजित सुनारी र बुटवल–१३ बेलबासका २७ वर्षीय सुनिल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुकोे साथबाट ५ ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगर, ६ थान मोबाइल र १ थान तौल गर्ने मेसिन सहित बुधबार साँझ गरेको हो । सुनारीको घरमा लागूऔषध विक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।