ताजा अपडेट »

विपक्षी दलविरुद्धको गठबन्धन हारको पराकाष्ठा : रायमाझी

शनिबार, १५ माघ २०७८, १५ : ०५
10 Shares

अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले विपक्षीदलका विरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताएका छन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ धारापानीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले देश एमालेले मात्रै बनाउने दाबी गर्दै एमालेवरिुद्कोद्ध गठबन्धनले जित सुनिश्चित गरेको दाबी गरेका हुन् । ‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौँ ।’ रायमाझीले भने, देश एमालेले नै रुपान्तरण गर्छ ।’

रायमाझीले स्थानीय युवा व्यवसायी माधव बन्जाडेसहित नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका करिब पाँच दर्जनलाई पार्टी प्रवेश गराएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।