१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

काठमाडौं ।  मध्यपश्चिम विश्वविद्यालयले कोरोना संक्रमणको सामान्य असर देखिएका कर्मचारीहरु प्रशासनलाई जानकारी नदिइ आफूखुसी कार्यालयमा अनुपस्थित हुने प्रवृत्ति देखिएको भन्दै स्वीकृती लिएरमात्र बस्न निर्देशन जारी गरेको छ । 

Advertisement

विश्विद्यालयका रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलले एक सूचना जारी गर्दै कोरोनाको सामान्य असर देखिएका कर्मचारीहरु प्रशासनलाई जानकारी नदिई आफूखसी कार्यालयमा अनुपस्थित हुने प्रवृत्ति देखिएको भन्दै त्यस्तो नगर्न सचेत गराएका छन् । 

त्यस्तो प्रवृत्ति छाडी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी आफू कार्यरत सम्बन्धित निकायको जिम्मेवारी एवं उत्तरदायित्व उच्च मनोबलका साथ सम्पादन गर्न गराउन सम्बन्धित सवैमा जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ ।

 कार्यालयमा उपस्थित हुन नसक्ने अवस्था परेमा पूर्व जानकारी सहित प्रमाण राखेर लिखित निवेदन स्वीकृत गराई मात्र विदामा बस्न र अत्यावश्यक परेका बेलामा आफ्नो निवास/आवास बाट समेत प्रशासनको नियमित सम्पर्कमा रही कार्य सम्पादन गर्न सूचनामा भनिएको छ ।-न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा खाँण ८४५ मतले अगाडि, अब ३ हजार मत गन्न बाँकी ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन