ताजा अपडेट »

बुटवलकाे बुद्धनगर खानेपानी संस्थाद्वारा रक्तदान

मंगलबार, ०४ माघ २०७८, १७ : २४
8 Shares

बुटवल । बुटवल उपमहानगर-११ स्थित बुद्धनगर खानेपानी संस्थाले मँगबल रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान, जीवन दान’-भन्ने मूल नाराका साथ हरेक स्वस्थ नागरिकले रक्तदान गर्न सकिन्छ, गर्नुपर्छ भन्ने सेचतनाका लागि कार्यक्रम आयोज गरिएको संस्थाका अध्यक्ष आशिष सुर्यवंशीले बताए ।

वार्षिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको संस्थाले मँगलबार ६ औं पटक आयोजना गर्दा ४४ जना सहभागी भएका छन् । रक्तदान गर्नेहरुको संख्या बढ्दै गएको संस्थाले जनाएको छ । स्वस्थ मानिसहरुले भने रक्तदान गर्दा कमजोर हुने भ्रमलाई चिर्दै सचेतना फैलाउनका लागि कार्यक्रम गरिएको अध्यक्ष सुर्यवंशीले बताए । रेडक्रस सोसाइटि बुटवलको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो ।

११ सय बढी उपभोक्ता रहेको खानेपानी संस्थाले विभिन्न समयमा स्वास्थ्य तथा सरफाईका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । संस्थाले उपभोक्ताहरुलाई डसविन वितरण, टोल सरसफाई तथा उद्यम सम्बन्धि कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।