ताजा अपडेट »

बुटवलको डान्स क्लबमा लागेको आगो नियन्त्रण, ५ करोडको क्षति !

शुक्रबार, ३० पुस २०७८, १६ : २९
6 Shares

बुटवल । बुटवलको प्लान बी डान्स क्लबमा लागेको आगो २ घण्टापछि नियन्त्रणमा आएको छ । शनिबार शुभारम्मको गर्ने तयारीमा रहेको निर्माणधिन प्लान बी डान्स क्लबमा शुक्रबार मध्यान्ह आगलागी भएको थियो ।

आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएकोे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले ग्लोबल आवाजलाई बताए । ओलडिङ्ग गर्ने क्रममा अचानक क्लबमा आगलागी प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।