ताजा अपडेट »

अस्ट्रेलियाद्वारा जोकोभिचको भिसा रद्द

विहीबार, २२ पुस २०७८, १४ : ५२
6 Shares

काठमाडौं ।  अस्ट्रेलियाले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गरिदिएको छ । अस्ट्रेलियन ओपनका लागि मेलबोर्न पुगेका जोकोभिचले कोभिड–१९ विरुद्धको खोप लगाए वा  नलगाएको खुलस्त नभएपछि भिसा रद्द गरिएको हो ।

यसअघि उनलाई लामो समय एयरपोर्टमा राखिएको थियो । सर्वियन खेलाडीले गत वर्ष खोपको विरोध गरेपछि उनले खोप लगाएको वा नलागएको पुष्टि हुन सकेको छैन। 

भिसा रद्द भएसँगै उनलाई फिर्ता पठाउने अस्ट्रेलियन सीमा बलले जनाएकाे छ । सर्वियन टेनिस स्टार २१औँ ग्रान्डस्लाम जित्दै कीर्तिमान बनाउने लक्ष्यसहित मेलबर्न विमानस्थल पुगेका हुन् । अस्ट्रेलियन ओपन सुरू हुन ११ दिनमात्रै बाँकी रहँदा कोभिड-१९ विरुद्धको खोप लगाए/नलगाएको खुलस्त पार्न जोकोभिचसामु चुनौति छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।