ताजा अपडेट »

वर्षाले पश्चिम नवलपरासीमा ३ करोडको ईटा नष्ट

सोमबार, १९ पुस २०७८, १० : ५२
14 Shares

परासी । हिउदे वर्षा कारण पश्चिम नवलपरासीमा तिन करोड रुपैयाँ बराबरको काचो ईटाँ नष्ट भएको छ । जिल्लामा रहेका २२ ओटा ईटा उद्योगमा बुधवारको वर्षाले सुकाउन राखिएका काँचो ईट्टा नष्ट भएको हो ।

जिल्लाभरका उद्योगबाट १ करोड गोटा काँचो ईटा वर्षाका कारण गलेर नष्ट भएको ईट्टा व्यवसायी संघ नवलपरासीका अध्यक्ष धनपत यादवले बताए । काचोँ ईटाको मुल्य प्रतिगोटा झन्डै तिन रुपैयाँ मान्दा पनि ३ करोडको क्षति भएको उनले बताए । वर्षभरी बेच्नका लागी तयार गरिएको ईट्टा पानीले नष्ट गरेपछि ईट्टा व्यवसायी मारमा परेका छन् ।

हरेक वर्ष वर्षाका कारण ईटाँ व्यवसायि मारमा पर्ने गरेको बताउदै व्यवसायिहरुले सरकारले क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन् । क्षतिपुर्ति उपलब्ध गराउन नसके पनि स्थानिय सरकारले कच्चा पर्दाथ, बालुवा, माटोमा लगाउदै आएको कर मिनाहा गर्नुपर्ने उनिहरुको माग छ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल