ताजा अपडेट »

लगनशिलता र इमान्दारिता समृद्धिका आधार : मन्त्री गिरी

बुधबार, १६ माघ २०७५, १३ : ३२
8 Shares


माघ १६,
सैनामैना । इमान्दारिता र लगनशिलताको लगाब भए सम्बृद्ध राष्ट्रको युगिन आरम्भ हुने उद्योग,वन,वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले बताउनुभएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित दोस्रो कञ्चन प्रतिभा सप्ताहा तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज उद्घाटन गर्दै मन्त्री गिरिले समृद्धिको मुल आधार नै इमान्दारिता र लगनशिल भएका कारण सवैको साथ र सहयोग आवश्यक रहेको मन्त्री गिरिले बताउनुभयो ।

उहाँले खेलकुद क्षेत्र शारिरीक तन्दुुरुस्तता मात्र नभई देशको गरिमालाई उचो बनाउन सहयोग पुर्योउने माध्यम भएकाले अहिले यस सम्बन्धी सहित नीति नभएका कारण त्यसतर्फ अघि बढ्न नसकेको गुनासो गर्नुभयो । मन्त्री गिरिले सही नितिको अवलम्बन गर्न सके यो मुलक प्रत्येक खेलको विधामा सफलता प्राप्त गर्ने अग्रणी देशको रुपमा स्थापीत हुन सक्ने ठोकुवा गर्नुभयो ।


तिनै तहका सरकारले खेलकुदको क्षेत्रको विकासका लागी अग्रसर हुनुपर्नेमा मन्त्री गिरिले जोड दिनुभयो । विगतका राजनीतिक प्रणालिलाई परास्त गरेर यहा सम्म आफुहरु आएको बताउँदै मन्त्री गिरिले कमीकमजोरीलाई सामना गर्दै बर्तमान सरकार अघि बढेको जिकीर गर्नुभयो ।उहांले जनताको अभिभारले गर्दा यथास्थानमा बस्न नसकीने बताउदै उहांले प्रगतिको दिशा तर्फ सरकार उन्मुख भएको बताउनुभयो ।उहाँले नैतिक शिक्षा,ब्यावसायीक शिक्षा र प्रविधि युक्त शिक्षा विधार्थीमा भए उनीहरुले भविष्यमा धेरै प्रगति गर्ने विश्वास गर्नुभयो ।


कार्यक्रम कञ्चनगाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको अध्यक्षता,प्रदेश ५का उधोग,वन,वातावरण तथा पर्यटन मन्त्री लिला गिरीको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य भुमिश्वर ढकालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा कञ्चन गाउँपालिका उपाध्यक्ष गोमा तरामु मगरको स्वागत तथा सञ्चारकर्मी हेमा बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।यस्तै कञ्चनगाउपालिकाका १९ वटा सरकारी तथा ११ वटा निजि विद्यालय विच ७४ बढि खेलहरु सञ्चालन गरिने प्रम्ुख प्रशासकीय अधिकृत कृष्ण पन्थीले जानकारी दिनुभयो प्रतियोगता माघ २० गते सम्म चल्ने छ । उद्घाटन खेलमा खुल्ला रनिङ प्रतियोगिता सम्पन्न भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।