ताजा अपडेट »

एमसीसीका कारण गठबन्धन टुट्दैन : जसपा अध्यक्ष यादव

बुधबार, १४ पुस २०७८, २१ : २५
6 Shares

परासी । जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमसीसीको कारण गठबन्धन नटुट्ने बताएका छन । जनता समाजबादी पार्टी नेपाल जिल्ला समिती पश्चिम नवलपरासीले परासीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले एमसीसी पास गर्न पार्टी र गठबन्धनभित्र छलफल चलिरहेको बताउदै बाहिर जे जस्तो उठेका कुराहरुको बिषयमा छलफल गरी र बिज्ञहरुको सुझव लिएर एमसीसी पास गर्ने दाबी गरे ।

उनले भने एमसीसी पास गर्नको निम्ती गठबन्धनभित्रै बाट तीन सदस्यीय कार्यदल बनेको छ कार्यदल सुझवा र प्रतिबेदनको आधारमा एमसीसी पास हुने तर्क गरे । प्रमुख राजनिती शक्तिहरुको सहमतिको आधारमा एमसीसी बिषय आगाडी बढाउन जरुरी रहेको यादवले बताए । पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले राष्टको अनुकुल र राष्टिय सहमतिको आधारमा एमसीसी आगाडी बढ्नुपर्छ भन्दै राष्टको बिकास समृद्धी र राष्टको नाम सबै दल एकजुट हुन जरुरी रहेको बताए ।

एमसीसी सासदबाट पास गर्ने बिषय नै होईन एमसीसीको क्यबेनिटबाट निर्णय गरेर कार्यन्वयन गर्ने बिषय भएको यादवको भनाई थियो । नेकपा एमाले गरेको सासद अवरुद्ध कुनै लक्ष्य प्राप्तिको लागि नभएर माधव नेपालसंग प्रतिशोध सादनको लागि भएको सासद अवरुद्ध गरेको बताए ।

उनले सांसदलाई सुचारु गरेर जनताको सरोकारका धेरै बिषय र बिद्येयकहरु सांसद पेश रहेकोले पारीत गरेर आगाडि बढ्नु सबै राजतीनिक दलको हित हुने ,प्रतिशोधनै नोक्सान बाहेक कसैको नाफा नहुने औल्याएँ । स्थानीय तहको चुनावको मिति बिषयमा सरकारले चाँडै मिति तोक्ने समेत यादवले बताए । मुलुकको सर्बसत्ता राष्ट्रिय एकता,अधिकार,अखण्डता जस्ता प्राप्तिको लागि लडाई लड्दै आएको बताउदै प्रतिकुल हुन नदिन समेत उनले बताए ।

उनले संसदीय प्रणाली र निर्वाचन प्रणाली परिर्वतन गर्न जरुरी रहेको बताउँदै राज्यपुनः संरचना परिर्वन गर्न र सात प्रदेश अव्यवहारिक , अवैज्ञानिक रहेको यादव तर्क गरे । जनता समाजबादी पार्टी नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा भएको थियो ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल