ताजा अपडेट »

टिपिएलमा सेमिफाइनल पुग्ने सबै टिमको टुङ्गो लाग्यो

सोमबार, ०४ कार्तिक २०७६, ११ : ३८
8 Shares

कार्तिक ४,
ग्लोबल आवाज


तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सेमिफाइनलमा जाने सबै टिमको टुङ्गो लागको छ । पाल्पाको एक तथा रुपन्देहीका ९ समूह सहभागी प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा स्थानीय खेलाडीहरुको समेत सहभागिता रहेको छ । तिलोत्तमा प्रिमियर लिगमा सेमिफाइनल खेल्ने सबै टिमको टुगो लागेको छ । पोल ए मा रहेको ज्ञानोदय गोल्डस्ले सेमिफाईनलमा स्थान शुरक्षित बनाई सकेको छ भने आजको खेलको बिजेता बुटवल युनाईटेड पनि पोल ए बाट सेमिफाईनल पुग्ने अर्को टिम बनेको छ । । पोल बि बाट मणिग्राम किंगस् र पाल्पाली लिजेन्टस् यस अघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

प्रतियोगिता अन्तरगत आज भएको खेलमा रुपन्देही पल्टनस्लाई १० विकेटले पछाडी पार्दै बुटवल युनाइटेड सेमिफाईनलमा प्रबेश गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको रुपन्देही पल्टनस्लाई १२ दशमलव ३ ओभरमा १९ रनमै रोकेपछि बुटवल युनाइटेड सहज रुपमा सेमिफाइनल प्रवेश गरेको हो । बुटवल युनाईटेडले बिजयका लागि पाएको २० रनको लक्ष्य २ ओभरमै पुरा गरेको थियो । बुटवल युनाइटेडका लागि कुसल मल्लले १० र मृनल गुरुङ्गले ११ रनको योगदान गरे । रुपन्देही पल्टन्स्लाई झिनो रनमा रोक्न बुटवल युनाइटेडका अमित तामाङ एक्लैले ५ विकेट लिए । अमितले ४ ओभरमा एक मेडन ओभर खेल्दै १० रन खर्चेर ५ विकेट लिएका हुन् । त्यस्तै राहुल प्रजापतिले २, भिम सार्की, सागर ढकाल र सुसन भारीले समान १/१ विकेट लिए ।

ब्याटिङ्गतर्फ रुपन्देही पल्टनस्का बिराट भण्डारी, दिनेश मगर, दिलिप कुर्मी, रोविन क्षेत्री, सौरव भुर्तेलले खाता नै खोल्न सकेनन् । प्रतियोगितामा बुटवल युनाइटेडका अमित तामाङ म्यान अफ द म्याच बने भने राहुल प्रजापती मष्ट भ्यालुएवल खेलाडीबन्न सफलभए । प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा सियारी राइनोज्ले मणिग्राम किंगस्को सामना गर्नेछ । यसअघि नै सेमिफाइनल पुग्ने सम्भावना बन्द भएको सियारीका लागि आजको खेल प्रतिस्ठाको लागि मात्रै हुने छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।