ताजा अपडेट »

टिपिएल: बुटवल युनाइटेडको सेमिफाइनल पुग्ने सम्भावना बलियो

आइतबार, ०३ कार्तिक २०७६, १८ : १४
4 Shares

कार्तिक ३,
ग्लोबल आवाज

तिलोत्तमा । बुटवल युनाइटेडले तिलोत्तमाप्रिमियर लिगमा सेमिफइनलको सम्भावना बलियो बनाएको छ । सेमिफाइनल प्रवेशका लागि बुटवलले भोली रुपन्देही पल्टन्स्सँगको खेल जित्नुपर्ने हुन्छ । टस जितेर पहिले व्याटिङ गरेको बुटवल युनाइटेडले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । बुटवलका लागि मृनल गुरुङले ५२ बलमा सर्वाधिक ४५ रन बनाएका थिए ।

१ सय ४२ रनको विजय लक्ष्य पाएको तिनाउ जवाफि व्याटिङ्गगर्दै निर्धारित २० ओभरमा सबै बिकेट गुमाएर १ सय २८ रनमा समेटिएपछि जित दर्ता गर्नबाट चुकेको हो । तिनाउका लागि सन्दिप जोराले २९ रन बाहेक अन्य ब्याटस म्यानहरुले समानजनक रन बनाउन नसक्दा हार व्यहोर्नुपरेको हो ।तिनाउलाई सस्तैमा समेट्नका लागि बुटवलका मैनुद्धिनखान र राहुल प्रजापतिले समान ३/३ विकेट लिए । आफ्नो ४ ओभरको ब्याटिङ्गमा मैनुद्धिनले २३ खर्चिए भने राहुलले मात्र २० रन खर्चिएका थिए । अर्का बलर सुसान भारीले ४ ओभरमा २२ रन खर्चिदै २ बिकेट लिएका थिए । टिमको जितका लागि बुटवलका मृनल गुरुङ्गले ५२ बलमा ४५ रनको योगदान गरेका थिए । प्रतियोगितामा बुटवलका मृनल गुरुङ्ग मष्ट भ्यालुएवल खेलाडी बने भने बुटवलकै मैनुद्धिनखानले म्यानअफ द म्याचको उपाधी जित्न सफल भए । यो जितसँगै बुटवल युनाइटेडले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो । पोल ए मा रहेको ज्ञानोदय गोल्डस्ले सेमिफाईनलमा स्थान शुरक्षित बनाईसकेको छ । रुपन्देहीपल्टन्स् र बुटवल युनाईटेड बिचहुने भोलिको पहिलो खेलको बिजेता पोल एबाट सेमिफाइनल जाने अर्को टिमहुनेछ । पोल बिबाट मणिग्राम किंगस् र पाल्पाली लिजेन्टस् यस अघिनै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

यस्तै सन्दिप सुनार र राजविर सिंहको उत्कृट खेलँंगै एक्सपर्ट रोयल शंकरनगरले आजको दोस्रो खेलमा विजयी भएको छ । एक्पर्टले सुपर ११ भैरहवालाई ६३ रनको फराकिलो अन्तरले पराजितगर्दै जित निकालेको हो । पहिला ब्याटिङ्ग गरेको शंकरनगरले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्ष्यतिमा १ सय ६० रनको योगफल तयार पारेको थियो । १ सय ६१ रनको बिजय लक्ष्यसहित ब्याटिङ्ग थालेको भैरहबालाई शंकरनगरले १७ दशमलव ३ ओभरमा ९७ रनमा समेटेको थियो ।
शंकरनगरको जितका लागि सन्दिप सुनारले ३४ बलमा ४४ रनको योगदान गरे भने आफ्नो ४ ओभर बलिङ्गमा ३३ रन खर्चेर २ विकेट लिएका थिए । त्यस्तै राजविर सिंहले ३९ बलमा ४८ रनको योगदान गरे । त्यस्तै टिमको जितका लागि शंकरनगरका रमेश कुर्मीले २ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । प्रतियोगितामा शंकरनगरका राजविर सिंह मष्ट भ्यालुएवल खेलाडी बने भने म्यानअफ द म्याचको उपाधी शंकरनगरकै सन्दिप सुनारले जिते ।

भोलिको पहिलो खेल सेमिफाईनल प्रवेशको संघारमा रहेका रुपन्देहीपल्टन्स् र बुटवल युनाईटेड बिच हुनेछ । दोस्रो खेलमा सियारी राइनोज्ले मणिग्राम किंगस्को सामनागर्नेछ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नव जिवन क्लवको खेल मैदान नयाँ मिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।