ताजा अपडेट »

कांग्रेस खुला केन्द्रीय सदस्य: २३९३ मत गन्दा कोटाभित्र पर्न सफल यी ३५ नेता, कसको मत कति ?

आइतबार, ०४ पुस २०७८, ०५ : २२
2 Shares

काठमाण्डौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन् । ३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । ८०७ मत ल्याएका यज्ञबहादुर थापाले ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।  

एक हजार मत कटाउने नेताहरु:

१)  डा शशांक कोइराला :- १९७१

२)    एनपी साउद :- १५३८

३)    बाल कृष्ण खाँण :- १५०७

४)    रमेश लेखक :- १४५१

५)    ज्ञानेन्द्र बहादुर कार्की :- १४२३

६)    उदय सम्शेर राणा :- १४४५

७)    रामहरी खतिवडा :- १३९५

८)    अर्जुननरसिंह केसी :- १३८३

९)    गोपाल मान श्रेष्ठ :- १३२३

१०)    जिप छिरिङ लामा :- १३१२

११)    जितजंग बस्नेत :- १२८३

१२)    नैन सिंह महर :- १२८२

१३)    डा रामशरण महत :- १२८१

१४)    सुनिल बहादुर थापा :- १२४६

१५)    बल बहादुर केसी :- १२३३

१६)    दिलेन्द्र प्रसाद बडु :- १२३१

१७)    मोहन बहादुर बस्नेत :- १२०२

१८)    दिपक गिरि :- ११७४

१९)    सुरेन्द्र राज पाण्डे :- ११५१

२०)    कुन्दन राज काफ्ले :- ११४३

२१)    सन्जय कुमार गौतम :- १००१

९ सय कटाउने:

२२) प्राडा गोविन्दराज पोखरेल :- ९६२

२३) राजीव ढुंगाना :- ९३५

२४) डा. गोपाल दहित :- ९३१

२५) कृष्णकिशोर घिमिरे :- ९२९

२६) दिनेश कोइराला :- ९२५

२७) बिरेन्द्र कुमार कनौडिया :- ९१९

२८) इ मोहन आचार्य :- ९१३

२९) अजयबाबु सिवाकोटी :- ९०९

३०) मदन बहादुर अमात्य :- ९०८

आठ सय कटाउने:

३१) उमेश जंग रायमाझी :- ८९१

३२) गणेश लामा :- ८८८

३३) मंगल प्रसाद थारु :- ८७१

३४) मनोज मणि अचार्य :- ८५४

३५) केदार कार्की :- ८१९

३६) यज्ञ बहादुर थापा :- ८०७

थापासहित ७९९ सयसम्म मत ल्याएका सबै ३५ जनाको कोटाभित्र पर्न असफल भएका छन् । यद्यपि यो २३९३ मत गणनाको परिणाम हो । २२८९ मत गन्न बाँकी नै छ । आइतबार आउने अन्तिम मतपरिणाममा यो नतिजा फेरिन सक्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।