ताजा अपडेट »

काँग्रेस महामन्त्री पदको अन्तिम मतपरिणामः कसको कति मत ?

विहीबार, ०१ पुस २०७८, १६ : ०१
4 Shares

काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको निर्वाचनमा महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । गगन थापाले मतपरिणामअनुसार अत्यधिक मत ल्याएका छन् ।

खसेको कुल ४६८२ मतमध्ये थापाले ३०२३ मत पाए भने विश्व प्रकाश शर्माले १९८४ मत प्राप्त गरे । यसैगरी पराजित उम्मेदवारहरू प्रकाश शरण महतले १५५६, प्रदीप पौडेलले १३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्की १०६ मत प्राप्त गरे । 

विजयी भएका गगन थापा शेखर कोइराला टिमबाट चुनाव लडेका थिए भने शर्मा प्रकाशमान सिंह टिमबाट चुनावी मैदानमा थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।