५ माघ २०७८, बुधबार

Jan 19, 2022

काठमाडौं । सुरुआती अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा छिमेकी थ्री स्टारसँग अंक बाँड्न बाध्य भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरे प्रतिद्वन्द्वीले १(१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । पहिलो हाफमा कुनै गोल नहुँदा दोस्रो हाफमा दुवै गोल भएका थिए । खेलमा अग्रता भने फ्रेन्ड्सले बनायो । ५१औं मिनेटमा फ्रेन्ड्सका नथानीयल जुड गार्सियाले अग्रता लिए । कप्तान प्रकाश बुढाथोकीले लेफ्ट विंगबाट गरेको क्रस बललाई बक्सभित्र रहेका ट्रिनिडाड एन्ड ट्रिबागोका खेलाडी गार्सियाले हेड मार्फत उत्कृष्ट गोल गरेका थिए ।

Advertisement

मिक्छेन तामाङले थ्री स्टारका लागि बराबरी गोल फर्काए । खेलको ८२ मिनेटमा रितिककुमार खड्काले गरेको क्रसलाई पेनाल्टी क्षेत्रबाट अनमार्क रहेका मिक्छेनले सहज गोल गरे । यसअघि ५० मिनेटमा थ्री स्टारले अग्रता लिने सुनौलो अवसर गुमायो । संजोक राईको पासलाई बक्सभित्र रहेका रितिककुमार खड्काले फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवसँगको वान भर्सेष वानको स्थितिमा गोल गर्न सकेनन् । सोही रिबाउन्ड बललाई अगाडि बढाउँदै फ्रेन्ड्सले गोल गरेको थियो ।

७५औं मिनेटमा थ्री स्टारका संजोक राईले बराबरी गर्ने अवसर गुमाए । संजोगले बक्सको बाहिरबाट गरेको लामो प्रहार गोलकिपर बिट भएको अवस्थामा दोस्रो बारमा लागेर फर्कियो । ८५ मिनेटमा समेत संजोक गोलबाट टाढा रहे । संजोकको प्रहार डिफेन्डर रोनिल एन्थोनी पौलले गोल लाइनबाट हेड गर्दै बचाएका थिए । प्रतियोगितामा फ्रेन्ड्सको यो दोस्रो बराबरी हो । यसअघि फ्रेन्ड्स सातदोबाटोसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा संकटासँग २–१ अन्तरले पराजित भएको थियो । फ्रेन्ड्सको तीन खेलबाट २ अंक भएको छ ।

थ्री स्टारको यो पहिलो बराबरी हो । पहिलो खेलमा च्यासल युथलाई ३(० ले पराजित गरेको थ्री स्टार दोस्रो खेलमा सातदोबाटोसँग १(० ले स्तब्ध भएको थियो । थ्री स्टारको तीन खेलबाट ४ अंक भएको छ । खेलको म्यान अफ दि म्याच फ्रेन्ड्सका गोलकर्ता गार्सिया भए । आजै पौने ५ बजे सुरु हुने दोस्रो खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र विभागीय एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

क्षितिज लोहनी जसले प्रतिष्ठित एप्पल कम्पनीभित्र नेपाली समूह खडा गरेका छन् रहेनन् विश्वका सबैभन्दा जेष्ठ व्यक्ति संक्रमण मुक्त भएपछि मात्र काममा नवलपुर जेसीजको पदहस्तान्तरण,‘महिला सवल र सक्षम छन्’ पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र कवाड पसलको नाममा प्रतिवन्धित जडिबुटी कारोबार : प्रहरीको छापा, ठूलो परिमाणमा बरामद दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ ३ मितेरी गाउँपालिका बीच ४ वर्षको अनुभव साटा-साट प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षण सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते गड्यौली मलको व्यवसायिक उत्पादनतर्फ सैनामैनाका कृषक समावेशी अर्थतन्त्र वाम पक्षधरहरु एक ठाउँमा होउ ! बुटवलकाे बुद्धनगर खानेपानी संस्थाद्वारा रक्तदान सैनामैनामा बुधवारदेखि एन्टिजेन परीक्षण, कुन वडामा कहिले ? जानकारीसहित प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन काठमाडौं उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक, सरकार भन्छ- लकडाउन हुन्न