ताजा अपडेट »

विप्लवका दाजुसहित २१ नेता पक्राउ

विहीबार, ३० असोज २०७६, ११ : २९
10 Shares

असोज ३०,
दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ का दाजुसहित उक्त समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजङ्ग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाँठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो। चन्द ‘विप्लव’ का दाजु हुन्।

नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यहाँ विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले रातको १ बजे उनीहरुलाई पक्राउ गरिएको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।