११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

काठमाडौं ।  राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन् । 

Advertisement

बुधबारबाट सुरू हुन लागेको राप्रपाको महाधिवेशनका लागि अध्यक्ष लिङ्देन र कमल थापाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा भएको छ । राप्रपाका तीन अध्यक्ष थापा, लोहनी र पशुमपतिशमशेर जबरामध्ये थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा लोहनीले लिङ्देनलाई समर्थन जनाएका हुन् । तर, जबराले मौन बसेका छन् । 

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा लोहनीले लिङ्देनलाई समर्थन जनाउन थापा र जबरालाई आग्रह गरेका हुन् । नेतृत्वमा सर्वसम्मत जुट्न नसके युवालाई पार्टीको जिम्मेवारी दिने आफ्नो पूर्वघोषित विचारअनुसार लिङ्देनलाई समर्थन जनाएको भन्दै लोहनीले बाँकी अध्यक्षद्वय थापा र जबरालाई पनि लिङ्देनको समर्थनमा उभिन आग्रह गरेका हुन् । 

लोहनीको ७ बुँदे अपील :

१. केही महिना अगाडि मैले रा.प्र.पा को नेतृत्व सहमतिमा पुग्नुपर्छ भन्ने भनाइ राखेको थिएँ । तर यो सम्भव नभए नयाँ पुस्तालाई दिन पार्टी र देशको हितमा आवश्यक छ भन्ने दृष्टिकोण स्पष्ट रुपमा सार्वजनिक माध्यमबाट व्यक्त गरेको थिएँ । सोही धारणा अनुरुप रा.प्र.पा को नया नेतृत्वमा रा.प्र.पाका पर्व महामन्त्री तथा माननिय श्री राजेन्द्र लिङ्गदेनको पक्षमा म उभिएको छ । रा.प्र.पामा आजको परिस्थितिमा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने मेरो भनाइ र विश्वास हो ।

२. म अन्य दुई मेरा मित्र अध्यक्षहरूलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नया नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु ।

३. संविधान भित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति रा.प्र.पा प्रतिबद्ध छ । रा.प्र.पाका कार्यकर्ताहरू देश भक्त छन् र सवै नेपालीको समृद्धिको लागि प्रतिवद्ध छन् । यो प्रतिवद्धतालाई मुल आदर्शको रूपमा लिएर अगाडि बढौँ । नयाँ प्रस्तावित नेतृत्वलाई काम गर्ने मौका दिऔँ ।

४. मेचीदेखि महाकाली देशको सबै क्षेत्र र कुनाकुनाबाट महाधिवेसनमा सहभागी हुन आउनु भएका प्रतिनिधि साथीहरू पार्टीको सर्वोच्च हुनुहुन्छ । तपाईंहरूको विवेक र निर्णयले पार्टीको भविश्य निर्धारण गर्नेछ । यस परिवेशमा मेरो अनुरोध स्वीकार गर्नु हुनेछ भन्ने आशा गरेको छु ।

५. पार्टीको माहाधिवेशनबाट जे निर्णय हुन्छ, त्यो हामी सबैको लागि शिरोधार्य हुनु पर्दछ, यही प्रजातान्त्रिक विधि र पद्धती हो र पार्टीलाई एकताबद्ध राजनैतिक शक्तिको रूपमा स्थापना गर्ने मुलमन्त्र हो।

६. साथीहरू, म विगतका वर्षहरूमा जस्तै भविष्यमा पनि रा.प्र.पाप्रति समर्पित रहनेछ र तपाईंहरूसँग काधमा–काध मिलाएर नेपाल र नेपालीको हितमा काम गर्न सदा सक्रिय रहनेछ ।

७. अन्तमा रा.प्र.पा को अध्यक्ष को हैसियतले विगत दई वर्ष जति काम गर्दा मप्रति सहयोग र सद्भाव राख्ने तथा मेरो गल्ती कमजोरी देखाइ आलोचना गर्ने लगायत सबै मित्रहरूमा धन्यवाद व्यक्त गर्दछ।
 

प्रतिकृया दिनुहोस्

Flash News

रोजगार र समृद्धिका लागि पर्यटन रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार