१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

सुनसरी ।  नेपाली कांग्रेस सुनसरीकाे सभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारी ११३ मतान्तरले विजयी भएका हुन्। भण्डारीले एक हजार चार सय २२ मत पाए भने उनका प्रतिस्पर्धी संस्थापन प्यानलका सञ्जयप्रसाद श्रेष्ठले एक हजार तीन सय नाै मत पाएका थिए । 

उपसभापतिमा पनि इतर पक्षकै नगेशचन्द्र राई र पंकजकुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलका मनोजकुमार शाह र इतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् ।

सहसचिवमा भने संस्थापन प्यानलका मनिषकुमार राय र गणेश सुब्बा विजयी भएका छन् । अपाङ्गतर्फ महाधिवेशन प्रतिनिधिमा उपेन्द्रप्रसाद मेहेता र देवेन्द्र पौडेल विजयी भएका छन् । भण्डारीले दुई कार्यकाल जिल्ला सचिव बनेर काम गरिसकेका छन् । सुनसरीकाे चार निर्वाचन क्षेत्र मध्ये तीनमा संस्थापन पक्षले हार ब्यहाेरेकाे छ । पार्टी उपसभापति विजयकुमार गच्छदारको चुनावी क्षेत्रमासमेत क्षेत्रीय सभापतिमा संस्थापन इतर समूह विजयी भएको छ । 
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

जित सुनिश्चित नदेखेपछि प्रचण्ड चितवन छाडेर गोरखा जाने ! जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य विश्व पशु दिवस : पशु संरक्षणमा चूनौती ज्याला नपाउँदा मजदुरले दसैँ मनाउन पाएनन्