१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

बागलुङ । नेपाली कांग्रेस बागलुङको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सहभागी कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त नगरेपछि पुनः मतदान सुरु भएको छ । कांग्रेसको विधान २०१७ (संशोधनसहित) १२ (५) सभापति पदको निर्वाचनमा विजयी हुन खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ प्रावधान छ ।

Advertisement

निर्वाचनमा सहभागी जगदीशचन्द्र उपध्याय, जीत शेरचन र द्रोण कुँवर पहिलो चरणको निर्वाचनमा सहभागी भएका थिए ।  मुख्य निर्वाचन अधिकृत विष्णुुप्रसाद शर्माका अनुसार उपाध्यायले सात सय ९०, शेरचनले ६ सय ८६ र कुँवरले एक सय ६४ मत प्राप्त गरेका छन्। शनिबार सम्पन्न पहिलो चरणको निर्वाचनमा कुल एक हजार ६ सय ८५ मत खसेको थियो ।  

विधानअनुसार सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि पचास प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजना उम्मेदवार बीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ । तर, पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा, बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तीन जना उम्मेदवार भएको हुँदा पुनः मतदान गर्नुपरेको मुख्य निर्वाचन अधिकृत शर्माको भनाइ छ । 

दोस्रो चरणको निर्वाचनमा सभापतिको उम्मेदवाार द्रोण कुँवरले सभापतिका अर्का उम्मेदवार जित शेरचनलाई सहयोग गर्ने घोषणा गरेका छन् । सभापतिका उम्मेदवार उपाध्याय कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, शेरचन पार्टी सभपति शेरबहादुर देउवा र कुँवर पनि देउवा निकट हुन् । 

अन्य पदाधिकारीको भने मतदान सम्पन्न भएको छ । आइतबार सभापतिका लागि मतदान भएपछि मात्रै अन्य मतगणना सुरु हुनेछ । अधिवेशनमा उपसभापतिमा उपाध्यायको समूहबाट नारायण शर्मा र तारानाथ पौडेल, शेरचन समूहबाट खिमानन्द पौडेल र सागर छन्त्याल तथा स्वतन्त्र रूपमा महेन्द्र आचार्य र पूर्णबहादुर पौडेल निर्वाचनमा सहभागी भएका छन् । सचिवका लागि उपाध्याय समूहबाट हरिहर शर्मा र कृष्ण केसी, शेरचन समूहबाट चिरन्जिवी गौतम र गण्डकी थापा निर्वाचनमा सहभागी छन् ।  

प्रतिकृया दिनुहोस्

Flash News

कबीर अटो मोबाइल्सको चाड–पर्व अफर : ‘स्वदेशी उत्पादन प्रयोग गरौं, नगद सस्तोमा किनौं’ यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित) त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो दसैंको मुखमा चामल बिक्री बन्द भारतमा पनि आईफोन १४ उत्पादन सुरु