१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

कपिलवस्तु ।  चितवनमा हुने नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई सर्वसम्मत नेतृत्व चयन गर्न एमाले कपिलवस्तुले साझा सन्देश दिएको छ । एकता महाधिवेशन भएको कारणले पार्टीलाई बलियो बनाउन सर्वसहमतिमा जोड दिनु पर्ने केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपानेले बताए । तर, पार्टीले मूल्याङ्कन गर्दै पुन: दोहोर्याउन चाहेमा आफू उम्मेदवार हुने स्पष्ट पारे । 

Advertisement

यसैगरी राष्ट्रिय सभाका सदस्य समेत रहेका केन्द्रीय सदस्य विमला घिमिरेले एकताको महाधिवेशन भएकोले सहमतिमा उम्मेदवारी बन्ने धारणा व्यक्त गरिन । नेतृत्वले सहमतिमा टुङ्गाउनेमा विश्वस्त रहेको समेत उनकाे भनाइ छ । महाधिवेशनका लागि कपिलवस्तुबाट १५ हजार कार्यकर्ता लैजाने तयारी गरिएको छ । जिल्लाबाट दुई सयभन्दा बढी बस र ५० साना सवारीसाधन प्रयोग हुने जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले बताए । 

केन्द्रीय समितिमा आठ जनाकाे दावेदारी
एमाले केन्द्रीय समितिमा कपिलवस्तुका आठ नेताले दाबी प्रस्तुत गरेका छन् । जिल्ला प्रचार विभागको बैठकमा तीन जना वर्तमान केन्द्रीय सदस्यले दोहोरिन इच्छुक देखाएका छन् ।   

कपिलवस्तुबाट गिरीधारीलाल न्यौपाने, विमला घिमिरे र सिराज अहमद फारुकी हाल केन्द्रीय समितिमा छन् । न्यौपानेले नेकपा विभाजन भएपछि माओवादी केन्द्र छाडी एमाले रोजेका थिए । उनी लुम्बिनी प्रदेशका सह–इन्चार्ज समेत हुन् । 

यसैगरी एमाले लुम्बिनी प्रदेश कार्यालय सचिव बलराम अधिकारी, कपिलवस्तु जिल्ला अध्यक्ष झवीलाल पोख्रेल, सहसचिव विश्राम प्रसाद थारु, युवा नेता विष्णु पन्थी र प्रदेश सचिवालय सदस्य डम्मर शर्मासमेतले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ