ताजा अपडेट »

नवलपरासीमा गाडीको ठक्करबाट २ जनाको मृत्यु, ठक्कर दिने सवारी फरार

मंगलबार, ०७ मंसिर २०७८, १२ : ४५
4 Shares

बुटवल । नवलपरासी पश्च्मिमा गाडीको ठक्करबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवल नगरपालिका–१० गैडाखालका २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कुवँरको रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई सुनवल नगरपालिका–४ रमवापुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा गयराती मृत्यु भएको हो । ठक्कर दिएर फरार रहेको सवारी साधनको प्रहरीले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।