ताजा अपडेट »

उद्योग संघको आगामी नेतृत्वका लागि बोहोराको प्यानल सार्वजनिक

सोमबार, २७ असोज २०७६, १४ : ३०
6 Shares

असोज २७,
बुटवल । आसन्न रुपन्देही उद्योग संघको अधिवेसनमा आगामी नेतृत्वका लागि बावुराम बोहोरा नेतृत्वको प्यानल सार्वजनिक भएको छ । संघमा काम गरेका अनुभवी साथीहरुको र नयाँ सदस्यहरुलाई समेत नेतृत्व बिकास गरी स्थापीत गर्ने तयारीका साथ आफ्नो समुहको घोषणा गरेको बोहोराले बताए । बोहोराको नेतृत्वमा तयार गरिएको प्यानलमा नेकपा र अन्य बामपन्थी बिचार राख्ने तथा लामो समयदेखि उद्योगको बिकासमा क्रियाशिल उद्योगीहरुको बाहुल्यता रहेको छ ।

नेपाली कांग्रेस निकट उद्योगीहरुको तर्फबाट महासचिवमा जिव कान्त काफ्ले बाहेक अन्यले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छैनन् । उद्योग संघमा बिगतदेखिनै नेकपा निकट उद्योगीहरुको बर्चस्व रहदै आएको छ । बोहराले अझैपनि अन्य उद्योगीहरुलाई समेटने प्रयास भई रहेको बताएका छन । हामी उद्योग संघलाई साझा संस्थाको रुपमा अगाडी बढाउन चाहन्छौं त्यसैले अन्य 'साथीहरुलाई समेत समेटने प्रयत्नमा छौं ' बोहोराले भने । नेकपाले उद्योग संघको नेतृत्वलाई साझा बनाउन संघका पुर्व अध्यक्षहरु एजाज आलम, तेजकुमार पाठक, दिनेशराज रेग्मी शतिषचन्द्र कसौधन, डम्वरदेव अर्याल लगायतको एक समिती गठन गरि जिम्मेवारी दिएको बुझिएको छ । उद्योग संघमा बर्तमान अध्यक्ष गणेश अधिकारी र यस अघि पराजीत सुनिल श्रेष्ठले पुन नेतृत्वमा आउन चाहे पनि सहमतीमा उनिहरुलाई फिर्ता गरिएको बुझीएको छ । उक्त समितीले उद्योग संघमा बिगतमा नेतृत्वमा रहेका तथा अहिले नेतृत्वमा आउन चाहेका नेपाली कांग्रेस निकट उद्योगीहरुसंग निर्विरोध नेतृत्व तयार गर्न छलफल गरेपनि सहमती हुन नसकेपछि बोहोराको नेतृत्वको प्यानल घोषणा गरिएको संघका निर्वतमान अध्यक्ष दिनेशराज रेग्मीले बताए ।

बोहोराको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष माधव पौडेल, प्रथम उपाध्यक्षमा दिलिप सापकोटा, द्धिप्तीय उपाध्यक्षमा कृष्ण पराजुली, महासचिवमा शिव कुमार पाठक, कोषाध्यक्षमा हरि खत्रि सचिवमा हिरामणी भट्टराई, महिला सचिवमा रेनुका खरेल, सह कोषाध्यक्षमा माधव रेग्मी, एशोसिएट खुल्लामा सुमन बस्याल, एशोसिएट भैरहवा क्षेत्रमा मोहनी लाल रिजाल रहेका छन । त्यसैगरी संघको खुल्ला सदस्यमा माधव नेपाल, सरला भण्डारी सन्दिप सापकोटा, प्रेम आले, सुरेन्द्र ज्ञवाली, बसन्त ढकाल, लाल बहादुर थापा, युवराज आचार्य, नारायण पाठक, पश्चिम क्षेत्र सदस्यमा खडग बहादुर कुंवर र यमलाल भटराई, पुर्व क्षेत्र सदस्यमा रमेशचन्द्र रेग्मी, पडषरी क्षेत्र बिशाल बेल्वासे र रिषीराम भण्डारी भैरहवा क्षेत्र सदस्य यादव गैरे, औधोगिक क्षेत्र प्रज्वल थान्जु, संस्थागत सदस्यमा अशोक कुंवर र महिला सदस्यमा जमुना पोखरेल, सारदा पहारी र सेवा उद्योगमा लालहरी पाण्डे रहेका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।