ताजा अपडेट »

सुरक्षा चुनौती बिश्लेषण गरेर सुरक्षा योजना: मुख्यमन्त्री पोखरेल

शुक्रबार, २४ असोज २०७६, १६ : ३०
26 Shares

असोज २४,
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समाजमा पछिल्लो समय सुरक्षाका नया चुनौती थपिएको भन्दै सोहि अनुसार सुरक्षा योजना बनाउन सक्ने जनसक्ती तयार गर्नुपर्ने बताएका छन । ६४ औ प्रहरी दिवस समारोहलाई बुटवलमा सम्वोधन गर्दै उनले भने 'समाजको बिकासक्रमसंगै सुरक्षा चुनौती थपिएको छ, सुरक्षा चुनौतीको बिश्लेषण गरेर सुरक्षा योजना बनाउन आवश्यक छ ।'

प्रदेश ५ प्रहरी तालिम केन्द्र बुटवलमा आयोजित बिशेष समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले चुनौतीहरुको सामना गर्ने प्रहरीको क्षमता बढाउन तालिम केन्द्रलाई प्रविधियुक्त बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि प्रदेश सरकार गम्भिरतापूर्वक लागेको बताए । मुख्यमन्त्रीले पहिले समाजमा अपराधको सैलि र क्षेत्र फेरीएको उल्लेख गर्दै पछिल्लो समय सामाजिक अपराध कम भएको र आर्थिक अपराध बढेको बताए । पहिले सामाजिक अपराध बढी थियो अहिले कम भएको छ तर अहिले साईवर र आर्थिक अपराध बढेको छ । उनले भने 'अव आर्थिक र साईवर अपराधलाई नियन्त्रण गर्न सक्ने गरी प्रहरीलाई सबल बनाउन जरुरी छ।' मुख्यमन्त्रीले तराईका जिल्लामा लागू औषधको कारोवार र सेवन चुनौतीपुर्ण छ रहेको भन्दै त्यस प्रति चिन्ता ब्यक्त गरे ।
तराईका जिल्लाहरुमा बिशेषगरी लागु औषधको कारोवार र प्रयोग बढेको छ त्यसलाई नियन्त्रण जरुरी छ मुख्यमन्त्रीले भने । कारागारको क्षमता बढाउने भन्दा पनि अपराध कमगर्ने बातावरण निर्माण गर्नु पर्ने आवश्यकता रहेको मुख्यमन्त्रीको जोड थियो । कारागारको क्षमता बढाउने होईन, अपराध गरेर उन्मुक्ति पाईदैन भन्ने बुझाउन जरुरी छ । उनले भने

कार्यक्रममा प्रदेश ५ का आन्तरीक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्त, प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक शुरेश बिक्रम शाह,तथा प्रदेश ५ प्रहरी तालिम केन्द्रका समादेशक डाक्टर रेग्मी लगायतले प्रदेशको सुरक्षा अवस्था र प्रहरीले निर्वाह गरि रहेको जिम्मेवारी बारे आ आफ्ना धारणा राखेका थिए । कार्यक्रममा प्रहरी संग साझेदारी गर्ने समाजसेवीहरु ओमकार गौचन, चन्द्रमणी अधिकारी, कृष्ण प्रशाद शर्मा, पत्रकार माधव ढुंगाना लगायतलाई सम्मान गरिएको थियो भने जिम्मेवारीमा रहेर उत्कृष्ठ कार्यगर्ने प्रहरी जवान तथा अधिकृतहरुलाई पुरस्कृत गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।