ताजा अपडेट »

राष्ट्रपतिद्वारा सूर्यलाई अर्घ्य दिएर कमलपोखरीमा छठ पूजा

बुधबार, २४ कार्तिक २०७८, १७ : ४६
6 Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरेकी छन् ।काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गरेकी हुन् । काठमाडौँ महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले आज राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको जानकारी दिए ।

छठ पर्वका अवसरमा यहाँ राष्ट्रप्रमुखबाट नियमितजसो नै कमलपोखरीको भ्रमण गरी पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ । अहिले यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रतालुको ठूलो भीड छ । भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।