ताजा अपडेट »

प्रधानमन्त्री देउवा र मंगोलियाका राष्ट्रपतिबीच भेटवार्ता

मंगलबार, १६ कार्तिक २०७८, १८ : २२
8 Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मंगोलियाका राष्ट्रपति उखना खुरेलसुखबीच साइडलाइन वार्ता भएको छ । स्कटल्याण्डको ग्लास्गोस्थित जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप-२६) मा सहभागी प्रधानमन्त्री देउवाले मंगलबार मंगोलियाका राष्ट्रपतिसँग भेट गरेका हुन् ।

भेटमा द्विपक्षीय सम्बन्ध, घनिष्ठ सांस्कृतिक आत्मियता लगायत विषयमा दुई नेताबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।