ताजा अपडेट »

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज औपचारिक भेटवार्ता हुँदै

मंगलबार, १६ कार्तिक २०७८, ०९ : १६
8 Shares

काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज औपचारिक भेटवार्ता हुँदैछ । स्कटल्यान्डको ग्लास्गोमा उहाँहरुबीच आज भेटवार्ता हुन लागेको हो ।

यसअघि हिजो जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भएको थियो । जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसहित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्वका नेताहरुसँग अनौपचारिक भेटघाट गरेका थिए।

कोरोना भाइरसको संकट हटिनसकेको सन्देश दिन नेताहरुले कुहिनो जोडेर अभिवादन साटासाट गरेका थिए ।  हिजो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।