ताजा अपडेट »

नवलपरासीमा भिरबाट लडेर एक युवतीको मृत्यु

सोमबार, १५ कार्तिक २०७८, १६ : २५
2 Shares

बुटवल । नवलपरासी पूर्वमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको उकालोस्थित सडकको ढिक साइडमा जाने क्रममा आइतबार राती भीरबाट लडेर भारतको उत्तर प्रदेश की २७ वर्षीया शान्ती श्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यूपी ७६ एसएल २५१० नबरको कारमा सवार ५ जनामध्ये शान्ति शौचका लागि सडकको ढिक साईडमा जाने क्रममा अचानक भिरबाट लडेर गम्भीर घाइते भएकी उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।