ताजा अपडेट »

राष्ट्रिय टेनिस प्रतियोगिताका लागि रुपन्देहीका खेलाडीलाई बिदाई

सोमबार, ०८ कार्तिक २०७८, ११ : ४५
10 Shares

बुटवल । गणेशमान सिंह फाउण्डेसन अन्तर्गतको वीर गणेशमान सिंह स्पोर्टस कमिटिको आयोजनामा काठमाण्डौंमा हुने वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा रुपन्देहीबाट सहभागी खेलाडीहरुलाई बिदाई गरिएको छ ।

कात्तिक ९ देखि १६ गतेसम्म हुने प्रतियोगितामा भागलिने जुनीयर तथा सिनीयर खेलाडीहरुलाई रुपन्देही लन टेनिस संघका पदाधिकारीहरुले एक समारोहका बीच देविनगर लन टेनिस कम्प्लेक्सबाट सफलताको शुभकामना दिदै बिदाई गरेको हो । संघका अध्यक्ष सन्जय श्रेष्ठ, उपाध्यक्ष अर्जुन गुरुङ, सचिव गोपाल ज्ञवाली, रामु बिक, मनोज बस्नेत, अनिल सेन्चुरी, बालकृष्ण अर्यालले प्रशिक्षक तथा खेलाडीहरुलाई खादा तथा टिका लगाएर बिदाई गरेका थिए । युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित बुटवलमा लन टेनिस प्रशिक्षण दिदै आएको छ ।

बुटवलबाट विभिन्न उमेर समुहका जुनियर १३ जना र सिनियर गरि दुई दर्जन बढी खेलाडीहरुले प्रतियोगितामा भाग लिदै छन् । गणेशमान सिह फाउण्डेसनको आयोजनामा ललितपुरस्थित सातदोबाटो कम्प्लेक्समा आठ दिनसम्म चल्ने प्रतियोगितामा देशभरका खेलाडीहरुले भाग लिदैछन।

प्रतियोगितामा मेन्स सिगल/डबल्स, वुमन्स सिगल/डबल्स, ३५, ४५, ५५, ६५ प्लस उमेर समुहमा सिगल/डबल्स खेलहरु हुने छन । यसैगरि जुनियरतर्फ छात्र र छात्राको एकलतर्फ यु–८, यु–९, यु–१०, यु–१२ तथा यु–१४ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ भने युगलतर्फ छात्र र छात्राको खुल्ला प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फका विजेताहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । कुल २ सय बढी खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने खेल संयोजक सन्तोष खत्रीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।