ताजा अपडेट »

राष्ट्रिय क्रिकेट टोलीको घोषणा, मल्ल र पाण्डे पहिलो पटक टिममा

विहीबार, ०२ असोज २०७६, १४ : ०६
6 Shares

असोज २,

काठमाण्डौ । दक्षिण एसियाली खेलकुद(साग)का लागि तीन हप्ते तयारी पश्चात नेपाली टोलीको घोषणा गरिएको छ। सिंगापुर क्रिकेट संघको आयोजनामा हुने खेलका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको हो । कुशल मल्ल र इसान पाण्डे पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्। यस्तै दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मा दिइएको छ।

टोलीमा पारस खड्का ‘कप्तान’,दिपेन्द्र सिंह ऐरी ‘उपकप्तान’,सोमपाल कामी,बिनोद भण्डारी, करण केसी ,ललित नारायण राजवंशी ,पवन सर्राफा ,सन्दीप जोरा ,सन्दीप लामिछाने ,अविनाश बोहोरा ,कुशल मल्ल ,आरिफ शेख ,सुशान भारी र इसान पाण्डे परेका छन् ।

सिंगापुर र जिम्बाबेसँगको त्रिकोणात्मक शृंखला र लगत्तै ओमानमा हुने पाँच देशको शृंखलाका लागि नेपाली टोली घोषणा भएको हो ।नेपालले जिम्वाबेसँग उद्घाटन खेल खेल्दै शृंखलाको सुरुवात गर्नेछ। यस्तै २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ।

डबल राउण्ड रोबिनको आधारमा हुने शृंखलामा नेपालले जिम्वाबेसँग अक्टोबर १ मा दोस्रो खेल खेल्नेछ। यस्तै २ अक्टोबरमा सिंगापुरसँग खेल्ने तालिका छ।  उक्त सिरिजसँग ५ राष्ट्र सम्मिलित टी–ट्वान्टी शृंखला खेल्न नेपाल ओमान प्रस्थान गर्नेछ।नेपाल, नेदरल्यान्ड, ओमान, आयरल्यान्ड र हङकङबीच हुने शृंखला अक्टोबर ५ देखि १० सम्म हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।