१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

काठमाडौं । बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन् सारा अलि खान । डिसेम्बरको पहिलो हप्ता उनले ‘केदारनाथ’मार्फत बलिउडमा पाइला टेकेकी थिइन् । सोही डिसेम्बरकै अन्तिम साता उनको दोस्रो फिल्म ‘सिम्बा’ पनि प्रदर्शनमा आयो । लगातार प्रदर्शनमा आएका दुई फिल्मले साराको अभिनय क्षमतालाई दर्शकमाझ प्रस्ट्यायो । 

Advertisement

अभिनेता सैफ अलि खान र अभिनेत्री अमृता सिंहको छोरीको रूपमा चिनिएकी साराले आफूलाई बलिउडमा स्थापित बनाउन सफल भइन् । आफ्नो छुटै नाम बनाएकी साराले बलिउडमा डेब्यु पनि आफ्नै दमबाट गरेकी हुन् । उनलाई बलिउडमा फिल्म कसरी प्राप्त भयो त ? यो भने धेरैलाई थाहा नहुन सक्छ ।

उनी सैफको छोरी भएकै कारण उनलाई डेब्यु गर्न अप्ठेरो भएन भन्ने अनुमान स्वाभाविक नै छ । तर, यसबारे एक अन्तर्वार्तामा निर्देशक रोहित शेट्टीले नै बताएका छन् । ‘एकदिन साराको फोन आयो र उनले मलाई भेट्ने आग्रह गरिन्, अनि मैले उनलाई अफिसमा बोलाएँ’, सारासँगको पहिलो भेट सम्झिँदै रोहितले भने, ‘उनले मलाई बलिउडमा चान्स दिन आग्रह गरिन्, उनको प्यासन देखेर मैले नाइँ भन्न सकिनँ ।’

रोहितले उनलाई फिल्म सैफ या अमृताको आग्रहमा फिल्म नदिएको प्रस्ट्याए । ‘साराको विषयलाई लिएर सैफ र अमृता दुवैैले केही भनेनन् । तर, सारामा प्रतिभा छ, स्थापित हुन्छिन्’ उनले साराको प्रशंसा गर्दै भने । 

सन् २०१८ को अन्त्यमा उदाएकी साराले बलिउडमा आफूलाई विस्तारै अगाडि बढाउँदैछिन् । उनले लभ आजकल, कुली नम्बर वान जस्ता फिल्ममा काम गरिसकेकी छिन् भने उनको अतरंगी रे नामक फिल्म रिलिजको पर्खाइमा छ । 

उनले रणवीर सिंह, सुशान्त सिंह राजपूत, कार्तिक आर्यन, वरुण धवन, अक्षय कुमार लगायतका बलिउड स्टारसँग काम गरिसकेकी छिन । 

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु