५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भई अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिना पछिकै कम देखिएको छ । अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार भारतमा अहिले दुई लाख ४६ हजार ६८७ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् । सङ्ख्या २०३ दिनपछिकै सवैभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ८३३ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् ।

नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुदै गएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ३१ लाख ७५ हजार ६५६ पुगेको छ । भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ५७ करोड ६८ लाख तीन हजार ८६७ जनाको कोरोना परीक्षण गरिएको छ ।

ती मध्ये १४ लाख नौ हजार ८२५ जनाको हिजो मंगलबार परीक्षण गरिएको हो । भारतमा पछिल्लो समयमा सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा सवैभन्दा धेरै एक लाखभन्दा बढी देखिदै आएको छ । केरलामा अहिलेपनि एक लाख २५ हजार ३० जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यसैगरी महाराष्ट्रमा ३६ हजार ७४४ जना सक्रिय सङ्क्रमितहरु रहेको मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा यसअघि सक्रिय सङ्क्रमितहरुको सङ्ख्या लामो समयसम्म सवैभन्दा धेरै रहेको थियो । -रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परिक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका बाढीपहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक प्रदेश १ का मुख्यमन्त्री आचार्य विश्वासकाे मत लिँदै एमाले अधिवेशन : ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने श्रीमान विदेशबाट फर्केको अर्कोदिन श्रीमतीको मृत्यु ‘केजिएफ २’मा यशसँग नोराको रोमान्स