ताजा अपडेट »

लुम्बिनीको नेपालगन्ज उपमहानगर बैठकमा लफडा, एक घाइते

सोमबार, ११ असोज २०७८, १५ : ३९
10 Shares

दाङ । नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यका बीचमा हात हालाहाल भएको छ । कार्यपालिका सदस्य सुनार र वडाध्यक्ष जोलाहाका बीचमा हात हालाहाल भएको हो ।

कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुले गुनासो गरेपछि हात हालाहाल भएको हो । कार्यपालिका सदस्य र वडाध्यक्षबीचको हानाहानमा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको छ । बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरीव, विपन्न समुदायलाई १२ लाख रुपैया खर्चे अख्तियारी दिएको थियो । त्यो बजेट पारदर्शी रुपमा खर्च नभएको वडा नं. ५ का अध्यक्ष कैफुलबराह जोलाहा र ७ नम्बरका अध्यक्ष जुम्मन खाँले उठाएपछि कार्यपालिका सदस्य देउमल सुनार आक्रोशित भएको थियो ।

उनीहरुलाई छुट्याउने क्रममा वडा नं. ६ का अध्यक्ष सिंहको आँखामा चोट लागेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको रकमका विषयमा विवाद भएको बताए । बोर्ड बैठकमा मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापालगायत सबैको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।