ताजा अपडेट »

बेरोजगार महिलालाई अनुदान

विहीबार, ०७ असोज २०७८, २० : ४०
6 Shares

तनहुँ । व्यास नगरपालिकाले स्नातक उत्तीर्ण गरेका बेरोजगार महिलालाई अनुदान दिन मापदण्ड पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको नगरपालिकाको बैठकले सो निर्णय गरेको हो । त्यस्तै फोहरमैलाबाट ऊर्जा उत्पादन गर्न विभिन्न अनौपचारिक प्रस्ताव आइरहेको हुदाँ इच्छुक कम्पनी वा संस्थासँग लागत साझेदारीका आधारमा नियमानुसार प्रस्ताव माग गर्ने निर्णय भएको छ ।

नगरपालिकाअन्तर्गत कार्यरत बालविकास शिक्षक, माध्यमिक विद्यालयका लेखापाल र विद्यालयका कार्यालय सहयोगीलाई क्रमश १५ हजार १०० र रु १४ हजार ५०० श्रावण महिनादेखि पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।