ताजा अपडेट »

वडास्तरीय तीजगीत प्रतियोगिता : बिष्णुपुर टोल प्रथम

आइतबार, १५ भदौ २०७६, ११ : १५
4 Shares


भदौं १५,
कल्पना डुम्रे
बुटवल । तिलात्तमा वडा नं.४ र तिलोत्तमा सिर्जलशिल समाजको संयुक्त आयोजनामा सम्पन्न वडा स्तरीय तीजगीत प्रतियोगितामा बिष्णुपुर टोल विकास संस्था प्रथम भएको छ । बिष्णुपुर टोलले ५ वटा टिमलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा शित्तलकुुञ्ज टोल विकास संस्था दोस्रो र भक्तपुर टोल विकास संस्थाले तेस्रो स्थान हासिल गरेको छ । प्र्रतियोगितामा प्रथम , दोस्रो, र तेस्रो स्थान हासिल गर्नेलाई नगद र प्रमाण–पत्र प्रदान गरिएको छ । विजयी प्रतियोगीलाई समाजसेवी क्या.यम बहादुर खत्री,तिलोत्तमा सिर्जनशिल समाजका वरिष्ठ उपाध्यक्ष पदम बहादुर पौडेल क्षत्री र तिलोत्तमा नगरगालिका वडा नं. ४ का वडा अध्यक्ष दिवाकर ढकालले नगद र प्रमाण पत्र सहित पुरस्कार हस्तान्तरण गरिएको छ ।

प्रतियोगीतामा निर्णायक मण्डलको भूूमिका चर्चित लोक तथा दोहारी गायक चन्द्र भण्डारी, चर्चित लोक तथा दोहोरी गायिका रितु थापा र कलाकार रुकु पाण्डेले गरेका थिए । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै समाजसेवी क्या.यम बहादुरर खत्रीले नेपाल सबैभन्दा बढी लोक संस्कृति भएको र यसलाई जबसम्म चन्द्र सूर्य रहन्छ तबसम्म यसको जगेर्ना गर्नुपर्ने बताए । राष्ट्रिय जनमुक्ति पार्टीकी नेतृ गिता सारुले हिजो का दिनमा तिज असभ्य भएको बीचमा भड्किलो भएको र अहिले सभ्य हुँदै गएको बताए ।

सबै धर्मावलम्बीलाई समेटेर समावेशीकरण गर्दै चाडपर्व मनाउन आग्रह गरे । कार्यक्रममा तिलोत्तमा नगरपालीका वडा नं. ४ का वडा अध्यक्ष दिवाकर ढकाल र तिलोत्तमा सिर्जनशिल समाजका सहसचिब विशाल बेल्बासे लगायतले बोलेका थिए । कार्यक्रममा जेष्ठ नागरीक भिमादेबी घिमिरे, बालिकादेवि बेलवासे , टिकादेवी आचार्य र लालमती चन्दलाई नगद, प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट नृत्यको पुरस्कार रेश्मा थापा सुवेदीले प्राप्त गरेकी छन् । जसको प्रायोजन तिलोत्तमा सिर्जनशिल समाजकी सचिव अन्जु पौडेलले गरेकी थिइन । प्रतियोगिताको सम्योजक रम्भा घिमिरेको अध्यक्षता र सञ्चारकर्मी कल्पना डुम्रेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा कलाकार चन्द्र भण्डारी र रितु थापाले आफनो प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।