२३ असार २०७९, बिहीबार

Jul 7, 2022

दैलेख । प्रहरीले दैलेखको एक विद्यालयका शिक्षकको हत्या आरोपी सार्वजनिक गरेको छ। जिल्लाको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्यामा संलग्न भन्दै प्रहरीले एक महिलालाई सार्वजनिक गरेको हो।

Advertisement

दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठका अनुसार शिक्षक बिसीको हत्या छिमेकी २५ वर्षीया मुना रानाले गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।ती महिलाले शिक्षक बिसीको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।

गुराँस गाउँपालिका–८, छोटेपोखरीकी रानाले व्यक्तिगत रिसइबीका कारण शिक्षक बिसीको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ। उनलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा राख्न प्रहरीले जिल्ला अदालतबाट अनुमति दिइसकेको छ।

अनुसन्धानमा खटिएको प्रहरीको टोलीले मुनाको कोठाबाट धारिलो हतियारसमेत बरामद गरेको छ। शिक्षक बिसी शव मंगलबार बिहान मालिका माविको बरण्डामा फेला परेको थियो। मुनाको घर शिक्षक बिसीको शव भेटिएको ठाउँदेखि ३० मिटर पर छ।

प्रतिकृया दिनुहोस्

Flash News

उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु