२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ शंकरपुरमा मस्जिदको पुननिर्माण भएको छ । २०६२ सालमा निर्माण भएको मस्जिद हाल निर्माणधिन गौतमबुद्ध विमानस्थलको अधिग्रहणमा परे पछि मदरसा सहितको मस्जिद विधिवत रुपमा शुभारम्भ भएको हो ।
२ कठ्ठा ६ धुर क्षेत्रफलमा करिब एक करोडको लागतमा मदरसा र मस्जिद निर्माण भएको मदरसा अरवियिा अहले सुन्नत नुरुल ओलुमका अध्यक्ष मोहम्मद मुस्तफाले बताए । विकास देखि कक्षा ५ सम्म पढाई हुने र एकै साथ २ सय जना सम्म सामूहिक प्रर्थाना गर्न सक्नेगरी मस्जिदको निर्माण भएको हो । शुक्रबार जुमाको नमाज पढाएर मस्जिद शुभारम्भ भएको हो । अब यहाँ नियमित दैनिक ५ पटक नमाज हुने उनले बताए ।

Advertisement

विमानस्थलको मुअब्जा वापत आएको ७० लाख, सिद्धार्थनगर वडा समिति मार्फत आएको ५ लाख र स्थानीय मुस्लिम समुदायको आर्थिक सहायतामा मस्जिद तथा मदरसा निर्माण भएको मदरसा व्यवस्थापन समितिले जानकारी दिएको छ ।

मस्जिदको निर्माण पश्चात अब शंकरपुरका साथै वरपर धर्मपुर, कचरिहवा आसपासका मुस्लिम समुदायले साम्हिक प्रार्थना गर्न पाउनेछन । कक्षा ५ सम्म मुस्लिम दिनीयात तालिम सहितको नेपाली पाठ्यक्रममा आधारित शिक्षा मदरसाबाट प्राप्त हुने समितिले जानकारी दिएको छ ।

मस्जिदको मरहरा सरिफका पिरे तरिकत मौलाना शाहिद रजा जैदी र पिरे तरिकत शहजादे मुक्तरुल औलिया मशउद रजा किब्ला वराव शरिफले जुमाको नमाज पढाएर उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै वक्ताहरुले विश्वको सबै भन्दा उत्कृष्ठ र शान्त ठाँउ नै मस्जिद रहेको बताए । नमाज पढेर नै आत्माको शान्ति हुनुका साथै, शारिरीक अभ्यास र स्वास्थ्य रह्न सकिने उनीहरुले बताए । नमाज सिक्ने र पढ्ने ठाँउ एकै थलोको रुपमा विकास भएपनि यसलाई स्थानीयले प्रयोग गरी संस्कृति र संस्कारको संरक्षण गर्नुपर्ने बताए । करिब ६ महिना अघि शिलान्यास समेत गरेका प्रमुख अतिथी पिरे तरिकत शाहिद रजाले मस्जिद बनाएर मात्र नभई मस्जिदमा नियमित रुपमा धेरै भन्दा धेरै नमाजीहरुको सहभागिता हुनु पर्ने बताए ।

स्थानीय मौलाना तथा मोलबीहरुको उपस्थितीमा शुभारम्भ भएको मस्जिद निर्माणका लागि अध्यक्ष मोहम्मद मुस्तफा तथा सदस्यहरु मकबुल अहमद, मुस्ताक अहमद, मनौअर अलि, कमरुद्दीन पठान, मोहम्मद शइद शेख, जलालुद्दिन पठान, मोहम्मद युसुफ शेख, इब्राहिम खान लगायतको अग्रसरतामा मस्जिद निर्माण सम्पन्न भई शुभारम्भ भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सिराहामा जसपाका नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा नारायणी नदीले सतर्कता पार गर्यो पाल्पा-गुल्मी सडक खुल्यो, लुम्बिनीका आधा दर्जन बढी सडक अवरुद्ध अष्टमीमा घरबाट निस्केका पाल्पाका २ युवाको दशैंमा शव फेला कसरी जुराइन्छ समुद्री आँधीको नाम ? आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु