ताजा अपडेट »

एमालेको नाराबाजी पछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

शुक्रबार, २५ भदौ २०७८, १३ : ४९
2 Shares

काठमाडौँ । संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको दोस्रो बैठक पनि स्थगित भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । बैठक सुरु  हुने वितिक्कै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । 

 एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक अवरूद्ध गर्दै आएको छ । यसअघि बसेको पहिलो बैठक पनि एमालेका सांसद्हरुको अवरोधका कारण स्थगित भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।