ताजा अपडेट »

काठमाडौं आइपुगिन् एमसीसी उपाध्यक्ष फतिमा

विहीबार, २४ भदौ २०७८, १० : ५५
12 Shares

काठमाडौं । अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् ।

चार दिने भ्रमणमा लागि बिहीबार बिहान उनीहरु कतार एयरवेजबाट काठमाडौं आइपुगेका हुन् । विमानस्थलबाट उनीहरू कमलपोखरीको मेरियट होटलमा गएका छन्। उपाध्यक्ष सुमारले  प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न  राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ।

उनीहरुको आगमनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास सुरक्षा व्यवस्था कडा तुल्याइएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।