ताजा अपडेट »

एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्छ : अध्यक्ष ओली

मंगलबार, २२ भदौ २०७८, ०६ : १४
6 Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गरेर जनमत ल्याउने विश्वास व्यक्त गरेका छन। पार्टी निकट राष्ट्रिय युवा सङ्घ नेपालले आज आयोजना गरेको भेलामा पूर्वप्रधानमन्त्री ओलीले भने, “हामी अबको एमालेलाई फुट्दा नफुट्ने, निःस्वार्थी र देश बनाउन सक्षम शक्ति बनाउनेछौँ ।”

उनले सरकारले राष्ट्रिय स्वाधीनताका पक्षमा प्रदर्शन गर्ने र अभिव्यक्ति दिनेलाई कारबाहीको चेतावनी दिनु लोकतन्त्रको मर्मविपरीत भएको बताए।अध्यक्ष ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीले कारबाही सिफारिस गरेका सांसदलाई कारबाही नगरेको गुनासो गरे।

एमालेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सर्वाेच्च अदालतले गत असार २८ गते दिएको संसद् पुनस्र्थापना र प्रधानमन्त्री नियुक्तिसम्बन्धी फैसलाप्रति आफ्नो पार्टीको विमति रहेको बताए । युवा सङ्घका इन्चार्ज महेश बस्नेतले सरकारले सुकुम्बासी र भूमिहीनतलाई जमिन दिन गठित आयोगलाई विघटन गरेर निराश बनाएको आरोप लगाए। सङ्घका अध्यक्ष किरण पौडेलले समृद्धिको स्पष्ट योजनासहित अघि बढिरहेको सरकारलाई पार्टीकै केही नेताको संलग्नतामा हटाइएको आरोप लगाए ।

कार्यक्रममा रेस्लिङ खेलाडी विष्णु सिंह, बडिबिल्डर मिलन श्रेष्ठ, काठमाडौँका प्रतीक श्रेठ, नरेश महर्जन, मनोहर श्रेष्ठ, प्रवीण सिलवाल, विकास शाक्य लगायतलाई पार्टी प्रवेश गराइएको थियो । सो अवसरमा कलाकार जीवन शर्मा, राजाराजेन्द्र पौडेल लगायतले प्रस्तुति दिनुभएको थियो भने अध्यक्ष ओलीले आफूहरूले आगामी दिनमा जीवन शर्मा साङ्गीतिक कार्यक्रम गर्ने घोषणा गरे। सोही अवसरमा सगरमाथाको शिखरमा २०७८ साल जेठ १७ गते पुगेर अध्यक्ष ओलीको फोटो लैजान सफल सङ्खुवासभाका कार्यकर्ता पासाङ शेर्पा ग्याल्जेनको शिखर चुमेको तस्बिर हस्तान्तरण गरिएको थियो ।रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।