२२ असार २०७९, बुधबार

Jul 6, 2022

Advertisement

काठमाडौँ । मेलम्चीमा सफा पानी बग्न थालेपछि आयोजनाको पुनर्निर्माणको काम सुरु गरिने भएको छ । मेलम्चीको पानी सफा हुन अझै एक÷दुई महिना लाग्ने अनुमान छ । हाल मेलम्चीमा लेदो पानी नै बगिरहेको छ ।आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीमा बाढीपहिरोको जोखिम कायमै रहेकाले तत्काल काम अगाडि बढाउन सम्भव नरहेको बताउनुभयो । आयोजनाले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने गरी कार्ययोजना तयार पारेको छ । सो कार्ययोजना खानेपानी मन्त्रालयमा बुझाइसकिएको छ ।

पन्तले बाढीपहिरोले क्षतिग्रस्त बनेको आयोजनाबाट सरकारका सबै निकायको सहयोग प्राप्त भएमा चैतसम्म अस्थायी रूपमा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्न सकिने गरी कार्ययोजना तयार पारिएको खानेपानी मन्त्रालयमा बुझाइएको जानकारी दिए । उनले भने, “काम अगाडि बढाउन सहकार्य हुन सक्ने निकायहरू तथा आवश्यक बजेटलगायतको विषयमा कार्ययोजनामा स्पष्ट व्यवस्था गरिएको छ । सो कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएको अवस्थामा आयोजनाको काम सुरु गर्न सजिलो हुन्थ्यो ।” सो आयोजनाको पुनः सञ्चालनमा ल्याउन करिब दुई अर्ब रुपियाँभन्दा बढी खर्च हुन सक्ने आयोजनामा अनुमान गरिएको छ ।

उनले भने, “बाढीपहिरोले अनुमानभन्दा बढी क्षति पु-याएको छ । पानी वितरण कार्य पुनः सञ्चालनमा ल्याउन आयोजनाले एक्लै काम गरेर साध्य हुँदैन । यसमा नेपाली सेना, सडक विभागलगायत सम्बन्धित सबै निकायको सहयोग त्यत्तिकै आवश्यक छ । आयोजनाका मुख्य काम बाँडेर गर्ने गरी कार्ययोजना बनाएका छौँ ।” बाढीपहिरोले आयोजनामा पु-याएको क्षतिलाई समेटेर कार्ययोजना तयार पारिएको उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

Flash News

भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने मंसिर २ मा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : शर्मा अर्थमन्त्री शर्माले दिए राजीनामा अर्थमन्त्री शर्माको भाषण एमालेद्वारा बहिस्कार बस दुर्घटना, पाँच जना घाइते अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा ४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि… असार २६ गते सार्वजनिक विदा चौधरी ग्रुपको स्पष्टीकरणः बजेट निमार्णमा हाम्रो कुनै संलग्नता छैन, छानबिन होस् वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर माओवादी केन्द्रीय समिति बैठक स्थगित सर्वोच्चका दुई महत्वपूर्ण फैसला : वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन अर्घाखाँचीको सिद्धाराकाे गाउँमा पहिलाेपटक बिजुली पुगेपछि…