ताजा अपडेट »

विश्वकप छनौटमा इङल्याण्डको लगातार पाँचौ जित

सोमबार, २१ भदौ २०७८, ०६ : ५१
4 Shares

काठमाडौँ । युरोपको विश्वकप छनौट अन्तर्गत इङल्याण्ड अपराजित रहेको छ।आइतबार राति सम्पन्न खेलमा इङल्याण्डले एन्डोर्रामाथि ४-० गोल अन्तरको सहज जित हासिल गरेको हो ।

योजितसँगै इङल्याण्डले विश्वकप छनौट अन्तर्गतको खेलमा लगातार पाँच खेल जितेको छ। इङल्याण्डको यस जितमा जेस्से लिंगार्डले २ गोल गरेका थिए भने ह्यारी केन र बुकाया साकाले एक गोल गरेका थिए ।

यो जितपछि इङल्याण्डको ५ खेलमा १५ अंक भएको छ र समुह आइ मा शिर्ष स्थानमा रहेको छ। त्यस्तै एन्डोर्रा भने ५ खेलमा ३ अंकसहित पाँचौ स्थानमा रहेको छ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।