२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

रुपन्देहीबाट २ करोड ३५ लाखबढीको नक्कली स्टिकर बरामद !

भैरहवा । सशस्त्र प्रहरीले आन्तरिक राजस्व कार्यालय लेखेको २ करोड ३५ लाख ६३ हजार बराबर मूल्यको नक्कली स्टिकर सहित २ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल डण्डा बर्डर आउट पोष्टबाट शसस्त्र प्रहरी निरिक्षक कृष्ण प्रसाद अर्यालको कमाण्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल (प्रतिरोल ३ हजारका दरले जम्मा २ लाख ४० हजार) बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।

Advertisement

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ दरखसवाको एउटा घरमा अवैध मालबस्तु लुकाइएको भन्ने विशेष सूचनाको आधारमा हिजो सशस्त्र प्रहरी निरिक्षक अर्यालको कमाण्डमा उक्त घरमा खानतलाशी गरिएको थियो । खानतलाशीबाट उक्त नक्कली स्टिकरको रहस्य खुलेको हो । पक्राउ परेको स्टिकरमा आन्तरिक राजस्व विभाग लेखिएको र उक्त स्टिकर २ करोड ३५ लाख ६३ हजार बराबर रहेको आन्तरिक राजस्व कार्यालयको प्रारम्भिक विवरणबाट देखिएको एसपी उप्रेतीको भनाई छ ।

५० युपी १ सय ८० मिलिलिटरको २ लाख ४० हजार थान स्टिकर मध्ये आयकरको १० लाख बराबर, मुल्य अभिवृद्धि करको ३१ लाख ६३ हजार र सबै भन्दा बढी अन्तःशुल्कको १ करोड ९४ लाखको स्टिकर रहेको छ ।

स्टिकर संगै सशस्त्र प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ दरखसवा बस्ने २३ वर्षीय साहिद अन्सारी र २४ वर्षीय अमानत अलिलाई पक्राउ गरेको उप्रेतीले ग्लोबल आवाजलाई जानकारी दिए । उनले यस्तो गतिविधि पहिलो भएको वा अरु पनि भएको, भएको हो भने यो भन्दा अघि कति पटक भयो ? कहिले देखी भई रहेको हो? यसका सञ्जाल कहाँ सम्म छ भन्ने लगायतका बिषयमा अनुसन्धान गरि रहेको बताए । पक्राउ परेका ब्यक्तिहरुको बयानकै आधारमा उक्त समान ढुवानी गर्न प्रयोग गरिएको लु२च २५० नम्बरको गाडी तथा गाडीमा रहेको मालबस्तु समेत नियन्त्रणमा लिइ स्टिकर सहित राजस्व अनुसन्धान कार्यालयमा थप कार्यवाहीको लागी पठाईएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता कर्णाली सरकारको निर्णय- १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने टर्की भुकम्प: ८ नेपाली सम्पर्कमा हुदाँ ३ जना सम्पर्क बाहिर