ताजा अपडेट »

रुपन्देही तेक्वान्दो संघको अध्यक्षमा दिपेन्द्र

शुक्रबार, २९ साउन २०७८, २१ : ११
4 Shares

भैरहवा । रुपन्देही जिल्ला तेक्वान्दो संघको तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले दिपेन्द्र बुढापृतिलाइ अध्यक्ष पदमा निर्बिरोध निर्वाचित गरेको छ । संघको उपाध्यक्ष मदन थापा मगर, सचिव राकेश यादव, कोषाध्यक्ष रुक्मा थपलिया खडका तथा सदस्य हरुमा जयराम कहार, राजु छेत्री, डिम प्रसाद बराल, बिष्णु कुमार चौधरी तथा रामप्रसाद कहार लाई निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता साबिर खानले जानकारी दिए । केन्द्रिय प्रतिनिधि नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य कोसिस बहादुर खडका साथै नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशका प्रतिनिधि प्रदेश उपाध्यक्ष दिपक श्रेष्ठ को उपस्तिथिमा जिल्ला अधिबेशन सम्पन्न भएको थियो ।

रुपन्देही जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिपेन्द्र बुढापृतिको अध्यक्षता नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य कोसिस बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, बिशिस्ट अतिथि लुम्बिनी प्रदेश तेक्वान्दो संघ का उपाध्यक्ष दिपक श्रेष्ठ, रुपन्देही कपर्दी संघका अध्यक्ष वसन्त लाल कर्ण, क्रिकेट संघ रुपन्देहीका पुर्व बरिस्ठ उपाध्यक्ष सोम बहादुर गुरुङ, लुम्बिनी प्रदेश तेक्वान्दो संघका सदस्य द्वव राजकुमार पाण्डे तथा राजिव सिंह छेत्री ,उद्योग ब्यपार संगठन रुपन्देहीका कोषाध्यक्ष सचिन रोक्का तथा शिरशिरे युवा क्लबका अध्यक्ष अनिल गुरुङ बोलेका थिए । कार्यक्रमको सञ्चालन तेक्वान्दो संघ का सचिव राकेश यादवले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।