३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित नियालेडाँडालाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिएका छन् । कालाबाङ घरेडी पोखरा तमु समाजको आमा समूहद्वारा निर्मित सभाहल शनिबार उद्घाटन गर्दै उनले यस क्षेत्रको बृहत विकासमा नियालेडाँडा पनि लाई सँगसँगै अघि बढाउनुपर्ने बताएका हुन् ।

पुम्दी भुम्दीमा विश्व शान्ति स्तुप र हालै निर्मित विशाल महादेवको मूर्ति पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले आगामी दिनमा कालाबाङ घरेडीदेखि थाप्लेडाँडा (उल्लेरी–ढाँवा)सम्मलाई पनि सोहीरूपमा विकास गर्न बृहत योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । यस क्षेत्रको विकासका लागि छोरेपाटनबाट शान्ति स्तुपा, लुकुन्स्वाँरा, कालाभाङ, काभ्रे र उल्लेरी ढाँवा हुँदै कुभिण्डेसम्मको सडक कालोपत्र गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको र यसमा रू ५५ करोडको लागत अनुमान गरिएको जानकारी दिए । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य