ताजा अपडेट »

रुपन्देहीमा लागुऔषधसहित २ महिला र एक पुरुष पक्राउ

विहीबार, २१ साउन २०७८, २० : ४५
2 Shares

बुटवल । रुपन्देहीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेहरुमा वुटवल उप-महानगरपालिका वडा नं- ११ घर भएकी ४५ वर्षीया सानुदेवि पुन, सिद्धार्थनगर नगरपालिका ३ का ४२ वर्षीय प्रकाश बानिया र नवलपरासीको सरावल गाँउपालिका ४ की ३५ वर्षीया सुभादेवि हरिजन रहेका छन् ।

उनीहरुलाई बुटवल उप-महानगरपालिका- २ मैनाबगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट २ एमएलका सेरिज्याक ४७६ एम्पुल, नुफिन ४६२ एम्पुल, फेनारागन ४५७ एम्पुल, नाईट्रसोन ७० ट्याब्लेट, नाईट्राभेट ६७५ ट्याब्लेट, लु ६१ प ८९६८ नम्बरको यमाहा मोटरसाईकल र ४ थान मोबाईल सेटहरु पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।